राजनीति


रामकुमारी झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरियो : प्रचण्ड

रामकुमारी झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरियो : प्रचण्ड

नेपालखबर
माघ २९, २०७७ बिहिबार ८:२२,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताएका छन्।

बिहीबार पेरिसडाँडामा आयोजित आदिवासी, जनजाति मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तथाकथित राष्ट्रपतिको नाममा गलत बोल्यो भनेर प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको बताए।

‘कमरेड रामकुमारी झाँक्रीलाई पुलिसले हिजोबाटै पक्राउ गर्न खोजेको थियो’, उनले भने, ‘तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा प्रहरीलाई पक्रिनै पर्‍यो भनेर पक्राउ गरियो।’

उनले आफूहरुले हिजोदेखि बिहानसम्म रोक्न प्रयास गरे पनि जबर्जस्ती पक्राउ गरेको बताए।

उनले झाँक्रीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए। ‘जसले लोकतन्त्रको पक्षमा प्रखर ढंगले आफ्नो विचारहरु राख्ने काम ग¥यो, विचारमाथि लोकतन्त्रमाथि ताला लगाउन उहाँलाई पक्राउ गरिएको हो’, प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad