सीसँग टेलिफोनमा वार्ता गर्दै आफूले चीनको कमजोरी औंल्याएको तथा चीनसँग सहकार्य गर्न सकिनेबारे कुराकानी भएको बाइडेनले ट्विटरमा जानकारी दिएका छन्।
उनले ट्विटरमा भनेका छन्,‘मैले आज राष्ट्रपति सीसँग कुरा गर्दै चिनियाँ नागरिकलाई लुनर नयाँ वर्षको बधाई दिए। मैले उहासँग चीनको व्यापारको तरिकाको विषयलाई लिएर चिन्ता व्यक्त गरे, यसबाहेक मैले उहाँसँग मानवअधिकार उल्लंघन र ताइवानसँग भइरहेको जबर्जस्तीमाथि पनि चिन्ता प्रकट गरे। मैले उहाँलाई अमेरिकीलाई फाइदा हुने अवस्थामा मात्र चीनसँग सहकार्य गर्ने पनि बताए।’
चीन र अमेरिकाबीच व्यापार युद्ध यथावत् छ। ट्रम्प प्रशासनको बेला चीन र अमेरिकाबीच एकअर्कामाथि भन्सार शुल्क बढाउने प्रतिस्पर्धा चलेको थियो।
अमेरिकाले चीनले बौद्धिक सम्पत्तिमाथि आक्रमण गरेको आरोप लगाउँदै आएको छ। आफूले शिष्ट व्यापारलाई बढावा दिँदा चीनले भने व्यापारमा धाँधली गर्ने गरेको अमेरिकी भनाइ छ।
— President Biden (@POTUS) February 11, 2021I spoke today with President Xi to offer good wishes to the Chinese people for Lunar New Year. I also shared concerns about Beijing’s economic practices, human rights abuses, and coercion of Taiwan. I told him I will work with China when it benefits the American people.
ट्विटसँगै बाइडेनले समेत व्यापारको सन्दर्भमा ट्रम्पकै नीति अबलम्ब गरेको अनुमान गरिएको छ।
चीनले सिनजियाङ प्रान्तका उइगर मुसलमानमाथि दमन गरेको र उनीहरुको मानवअधिकारमाथि प्रहार गरेको पनि अमेरिकाले आरोप लगाउँदै आएको छ।
यस्तै पछिल्लो समय चीनले ताइवानको हवाई क्षेत्रमा युद्धक विमानहरु पठाउने गरेको छ। ताइवान आफ्नो क्षेत्र भएकाले यसलाई जतिबेला पनि कब्जा गर्नसक्ने चीनको भनाइबीच ताइवानले आफू स्वतन्त्र मुलुक भएको बताउँदै अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ।
तर चीनले बारम्बर सिनजियाङ र हङकङको विषयमा अमेरिकी हस्तक्षेप नचाहेको बताउँदै आएको छ। चीनले अमेरिकी हस्तक्षेप जारी रहे आफूले आवश्यक कारवाही गर्ने बताउँदै आएको छ।
Shares

प्रतिक्रिया