राजनीति


बागमती प्रदेश सरकारले प्रहरीलाई ३४ वटा गाडी उपलब्ध गराउने

बागमती प्रदेश सरकारले प्रहरीलाई ३४ वटा गाडी उपलब्ध गराउने

नेपालखबर
माघ २८, २०७७ बुधबार १२:५०,

बागमती प्रदेश सरकारले प्रदेशभित्र भएका नेपाल प्रहरीका विभिन्न एकाइलाई ३४ वटा सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको छ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रहरीका लागि १२ गाडी र २२ मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।

बैठकले स्थानीय तहमार्फत कार्यक्रम कार्यान्वय गराउने तथा विभिन्न खालको योगदान दिने निर्णय गरेको छ। त्यस्तै सरकार स्थापनाको तीन वर्ष पुगेका अवसरमा भोलि मनाउन लागिएको तेस्रो वार्षिकोत्सव कार्यक्रम धुमधामसँग मनाउने निर्णयसमेत गरेको मन्त्री ढुंगेलले जानकारी दिए।

बैठकले प्रदेशभित्रका नागरिकलाई हृदयघात भएमा तत्काल उपचार गर्नेसम्बन्धी गंगालाल हृदय रोग केन्द्रसँग सहकार्य गर्नेलगायत निर्णय गरेको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad