कला


कर्मा, छुल्ठिम र सुष्मालाई लिएर फिल्म ‘फटाह फणिन्द्रे’को घोषणा

कर्मा, छुल्ठिम र सुष्मालाई लिएर फिल्म ‘फटाह फणिन्द्रे’को घोषणा

नेपालखबर
माघ २८, २०७७ बुधबार १२:४५,

अरुण खड्काको निर्माण र निर्देशनमा फिल्म ‘फटाह फणिन्द्रे’को घोषणा गरिएको छ।

फिल्ममा अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुष्मा कार्की र रोहित रुम्बाको मुख्य भूमिका रहने बताइएको छ।

फिल्मका लागि अन्य कलाकारहरु छनोटको क्रममा रहेको निर्माता÷निर्देशक खड्काले बताए।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता सुनिल मानन्धर रहेका छन्।

फिल्ममा उतक केसीको कथा र पट्कथा, संवाद हिमाल, उप्रेती, सुशील पोखरेल र अरुण खड्काको रहेको छ।

फिल्मको छायाँकन चैतको पहिलो साताबाट हुने बताइएको छ। विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द, विपिन मल्लको सम्पादन र ईश्वरलाला सिंकेमनको छायांकन रहनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad