राजनीति


अनुदानको खोप बढाइदिन भारतसँग आग्रह

अनुदानको खोप बढाइदिन भारतसँग आग्रह

नेपालखबर
माघ २५, २०७७ आइतबार १५:४७,

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताएका छन्।

भारत सरकारले नेपाललाई १० लाख डोज खोप सहयोग गरिसकेको छ।

बहालवाला राज्यमन्त्रीमध्ये लामो अवधि गीत गाए वापत् ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ गराएपछि त्यसको प्रमाणपत्र लिन नयाँदिल्ली गएका मानन्धरले आज स्वदेश फर्केपछि उक्त जानकारी दिएका हुन्।

उनले भारतसँगको दुईपक्षीय सम्बन्ध थप सुधार गर्न आफू र त्यहाँ विभिन्न सरकारी पक्षबीच भएका वार्तामा कुराकानी भएको पनि जानकारी दिए।

मानन्धरले गत पुस १० गते चार घन्टा पाँच मिनेट २० सेकेण्डसम्म लगातार गीग गाए उक्त रेकर्ड कायम गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad