राजनीति


प्रचण्डलाई ओलीको प्रश्न : मांसाहारी आन्दोलन भनेको नरभक्षी हो?

प्रचण्डलाई ओलीको प्रश्न : मांसाहारी आन्दोलन  भनेको नरभक्षी हो?

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ९:२७,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिंसात्मक आन्दोलन चाहेको आरोप लगाएका छन्।

नेकपाले शुक्रबार नारायणहिटी दरबार अगाडि गरेको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शाहाकारी आन्दोलनले पुगेन, अब मांशाहारी आन्दोलन आवश्यक छ’ भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रचण्डले नरभक्षी आन्दोलन चाहेको आरोप लगाएका हुन्।

‘शाकाहारी आन्दोलनले हुँदैन भनेको, चिकन चिल्ली खाने भनेको हो’, प्रचण्डमाथि प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो। नरभंक्षी आन्दोलनका दिन गए। अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन।’

 प्रधानमन्त्री ओलीले आफूहरुको आमसभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर, विप्लवको नाम लिएर तर्साउन खोजेको समेत आरोप लगाए। ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो। तर, यो भेललाई रोक्न सकेन’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad