खेल


क्रिकेट करिअरको १००औँ खेल खेल्दै इंग्ल्यान्डका कप्तान जो रुट

क्रिकेट करिअरको १००औँ खेल खेल्दै इंग्ल्यान्डका कप्तान जो रुट

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ९:२५,

इंल्याण्डका कप्तान जो रुटले टेष्ट क्रिकेटमा आफ्नो करिअरको एक सयौं खेल खेलिरहेका छन्।

भारत भ्रमणमा रहेको इङल्याण्डको टोलीले घरेलु टोलीसँग ४ खेलको टेष्ट , ३ एक दिवसीय र ५ खेलको टि–ट्वान्टी सिरिज खेल्नेछ।

सन् २०१२ मा टेष्ट क्रिकेटमा डेब्यु गरेका टप अर्डरका ब्याट्सम्यान रुटले जारी सिरिजमा १ सर्यौ खेल खेलिरहेका हुन्।

रुटले हालसम्म १ सय ८२ इनिङस्मा ८ हजार २ सय ५३ रन बनाएका छन्। रुटले १९ शतक, ४९ अर्धशतक प्रहार गरे। जसमा २३ छक्का र ९ सय १५ चौका छ।

रुटले इंग्ल्यान्डबाट हालसम्म १ सय ४९ एकदिवसीय, ३२ टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन्। एकदिवसीय खेलमा ५ हजार ९ सय ६२ र टि–ट्वान्टी आईमा ८ सय ५३ रन जोडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad