राजनीति


भारतमा किसानलाई रोक्न तारबार, दिल्लीको सिमानामा देखिएको दृश्य युद्धको तयारीजस्तै

भारतमा किसानलाई रोक्न तारबार, दिल्लीको सिमानामा देखिएको दृश्य युद्धको तयारीजस्तै

नेपालखबर
माघ २१, २०७७ बुधबार ११:४२,

विशेषगरी पञ्जाब, हरियाणा र दिल्लीमा किसान आन्दोलन केन्द्रित भएको छ। आन्दोलनमा हालसम्म २० भन्दा बढीको मृत्यु भइसकेको छ।

सिंघु, गाजीपुर र टिक्री किसान आन्दोलनको मुख्य क्षेत्र हो। यहाँको अवस्था अत्यन्तै बिग्रिएको बताइएको छ।

किसानहरुले नयाँ कानुनले कृषि उत्पादन खरिद गर्ने कर्पोरेट संस्थाहरुलाई बलियो बनाउने गुनासो गरेका छन्।

Indian security personnel are seen on Tuesday through barbed wire placed as farmers protest at the Ghazipur Border near New Delhi. Photo: EPA

लागतभन्दा पनि कम मूल्यमा आफ्नो उत्पादन विक्रि गरिनुपर्ने अवस्था आउने भन्दै उनीहरुले आन्दोलन थालेका हुन्। यो कानुन फिर्ता हुनुपर्ने उनीहरुको माग रहेको छ।

तर सरकारले भने नयाँ कानुन कृषककै हितमा भएको बताउँदै आएको छ। हालै किसानहरुले प्रदर्शनका क्रममा प्रहरीमाथि तरबारसमेत आक्रमण गरेका थिए। किसानको आक्रमणबाट दर्जनौं प्रहरी घाइते भएका छन्।

यसअघि जनवरी २६ मा भारतको गणतन्त्र दिवसका दिन किसानहरुले ट्याक्टर र्याली निकालेका थिए। उनीहरुले ट्याक्टरले सार्वजनिक बसहरुमा ठक्कर दिएका थिए। सो दिन दिल्लीमा प्रहरीको गोली लागेर एक किसानको मृत्यु भएको थियो।

Iron nails embedded in the road at Tikri

यतिबेला किसान आन्दोलनको खतरालाई मध्यनजर गर्दै दिल्लीमा किसानहरुलाई पस्नै नदिन त्यहाँको सिमानाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

सिमानामा किसानविरुद्ध तारबार गरिनुका साथै ब्यारिकेडहरु राखिएका छन्। त्यहाँकाे सडकमा काँटीहरु खाेपिएकाे छ। दिल्लीको सिमानामा देखिएको दृश्य युद्धको तयारीजस्तै देखिएको विश्लेषण गरिएको छ। बीबीसी

Barricading at the Ghazipur border

Concrete being poured between stone barricades

Pictures showing police in New Delhi carrying long metal poles with arm guards were widely circulated on social media. Photo: Twitter

यो पनिः रिहानाको ट्विटपछि भारतले जारी गर्‍यो वक्तव्य, यसाे भन्याे...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad