भारतमा जारी भएको नयाँ कृषि कानुनका कारण आफूहरु आफ्नो उत्पादन लागतभन्दा कम मूल्यमा बेच्न बाध्य हुने किसानहरुको भनाइ छ।
कानुनले कृषि उत्पादन खरिद गर्ने कर्पोरेट संस्थाहरुलाई बलियो बनाउने र किसानले आफ्नो अन्नको भाउ नपाउने उनीहरु बताउँछन्। यो कानुन फिर्ता हुनुपर्ने उनीहरुको माग रहेको छ।
यसबीचमा विश्व चर्चित गायिका रिहाना, अभियन्ता ग्रेटा थनबर्ग, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायत विश्व प्रख्यात व्यक्तिहरुले भारतको किसान आन्दोलनलाई साथ दिएका छन्।
रिहानाले मानिसहरुले भारतको किसान आन्दोलनबारे बोल्नुपर्ने बताउँदै सीएनएनको एउटा समाचार ट्वीट गरेकी छिन्। त्यहाँ किसान आन्दोलनपछि इन्टरनेट बन्द गरियो भन्ने शीर्षकको समाचार छ।
— Kangana Ranaut (@KanganaTeam) February 2, 2021No one is talking about it because they are not farmers they are terrorists who are trying to divide India, so that China can take over our vulnerable broken nation and make it a Chinese colony much like USA...
Sit down you fool, we are not selling our nation like you dummies. https://t.co/OIAD5Pa61a
यस्तै ग्रेटाले पनि ट्वीटमा भारतको किसान आन्दोलनलाई साथ रहेको बताएकी छिन्। भारतको किसान आन्दोलनको विषय बेलायतको संसदमा पनि उठेको छ।
बेलायती सांसद तनमनजीत सिंह धेसीले विश्वले भारतको किसान आन्दोनलाई नियाली रहेको बताएका छन्।
यसबीचमा भारतीय अभिनेत्री कंगना रणावत भने रिहाना लगायत अन्य मानिसले भारतको किसान आन्दोलनको विषयमा बोलेकोमा रुष्ट भएकी छिन्।
रिहानाको ट्वीटलाई रिट्वीट गर्दै उनले किसानलाई आतंकवादी भनेकी छिन्। उनी भन्छिन्,‘कोही यस विषयमा यसकारण बोल्दैनन् किनभने उनीहरु किसान होइनन् आतंकवादी हुन्। जो भारतलाई विभाजित गर्ने कोसिस गरिरहेका छन् ताकि चीनले हाम्रो देशमा कब्जा गर्न सकोस्।’
ट्विटमा रिहानालाई कंगनाले मूर्ख व्यक्तिको संज्ञा पनि दिएकी छिन्।
#IndiaTogether #IndiaAgainstPropaganda https://t.co/TfdgXfrmNt pic.twitter.com/gRmIaL5Guw
— Anurag Srivastava (@MEAIndia) February 3, 2021रिहानाले भारतको किसान आन्दोलनबारे ट्विट गरेसँगै यो विषय झनै व्यापक बनेको छ। रिहानाको पक्ष र विपक्षमा विभिन्न भनाइहरु आइरहेका छन्।
रिहानाको ट्विटसँगै भारतको विदेशमन्त्रालयले बुधबार एउटा वक्तव्य नै जारी गरेको छ। जहाँ भारतको किसान आन्दोलनबारे बोल्दा अध्ययन गर्नुपर्ने र जिम्मेवार भएर मात्र प्रतिक्रिया दिनुपर्ने आग्रह गरिएको छ।
वक्तव्यमा नयाँ कृषि कानुन संसदमा छलफलपछि पारित भएको, यस कानुन भारतीय कृषककै हितमा भएको उल्लेख गरिएको छ।
थोरै किसानको समूह कानुनको विरुद्धमा भएको तर सरकार उनीहरुको समस्या सुल्झाउन लगातार छलफलमा भएको पनि वक्तव्यमा बताइएको छ।
त्यसकारण, भारतको किसान आन्दोलनबारे बोल्दा अध्ययन गर्नुपर्ने र जिम्मेवार भएर मात्र प्रतिक्रिया दिनुपर्ने आग्रह गरिएको छ। सेलिब्रिटीहरुले यस विषयमा भनाइ राख्दा झनै जिम्मेवार हुनेपर्ने बताइएको छ।

प्रतिक्रिया