सेनाको नियन्त्रणमा रहेकी म्यानमारकी नेतृ आङ सान सुची आज (बुधबार) बिहान देखापरेकी छन्।
त्यहाँ रहेका बीबीसीका नेपाली पत्रकार दीपक भट्टराईले बुधबार बिहान दिएको जानकारीअनुसार म्यानमारको राजधानी नेपिद्अस्थित सरकारी निवासबाट नियन्त्रणमा लिइएकी नेतृ सुची आज बिहान निवासको पर्खालभित्र हिँडेको देखेको छिमेकीले सञ्चारमाध्यमलाई जानकारी दिएका हुन्।
उनी भन्छन्- ‘राष्ट्रपति विन मिन्टलाई भने राष्ट्रपति निवासबाट अन्यत्र सारिएको बताइएको छ। तर पुष्टि हुन सकेको छैन।’
गत सोमबार म्यानमारको सेनाले त्यहाँका राष्ट्रपति, सत्तारूढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ सुचीलगायत नेताहरूलाई नियन्त्रणमा लिएर राज्यसत्ता आफ्नो हातमा लिएको छ। त्यसयता नेतृ सुचीलगायत नेताहरूको अवस्था अज्ञात छ।
यसबीच आज बिहान नेतृ सुची देखापरेको खबर सार्वजनिक भएको हो।
याे पनि : रोहिन्ज्या मुसलमान भन्छन्ः सुची गिरफ्तार हुँदा दुःख लागेको छैन
प्रतिक्रिया