ad ad

खेल


राष्ट्रिय फुटबल खेलाडी विक्रम लामाको शल्यक्रिया सफल

राष्ट्रिय फुटबल खेलाडी विक्रम लामाको शल्यक्रिया सफल

नेपालखबर
माघ २१, २०७७ बुधबार ४:१५,

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको खुट्टाको शल्यक्रिया सफल भएको छ। कतारमा लामाको उपचार भइरहेको छ।

लामो समयदेखि दायाँ खुट्टामा चोट देखिएपछि लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो। खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।

शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको छ । लामाको केही दिनमै फिजियोथेरापी गर्ने तयारी छ।

घुँडामा चोट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने शल्यक्रिया गर्न समय लाग्ने एन्फाले जनाएको छ। मगरलाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो।

मगर प्रशिक्षणका क्रममा घाइते भएका हुन्। एन्फाले कतार फुटबल सङ्घसित समन्वय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो । लामा थ्री स्टार क्लबका कप्तानसमेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .