ad ad

राजनीति


उपप्रधानमन्त्रीसहित मन्त्रीहरु सहभागी रहेको नुवाकोट कार्यक्रममा कसरी भयो झडप, के के भयो?

उपप्रधानमन्त्रीसहित मन्त्रीहरु सहभागी रहेको नुवाकोट कार्यक्रममा कसरी भयो झडप, के के भयो?

नेपालखबर
माघ १९, २०७७ सोमबार ८:३९,

उपप्रधानमन्त्री ईश्वर पोखरेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उद्योगमन्त्री लेखराज भट्टसहित प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु सहभागी रहेको नुवाकोटको एक कार्यक्रममा विभाजित नेकपाका दुई पक्षबीच झडप भएको छ।

झडपका क्रममा प्रदर्शनकारीमाथि लाठीचार्ज भएको थियो भने प्रदर्शनकारीले मन्त्रीहरुको गाडीमा ढुंगामुढा प्रहार गरेका थिए।

नुवाकोटको बट्टारमा आयोजित कार्यकर्ता भेलामा सहभागी हुन पुगेका उपप्रधानमन्त्री तथा अन्य मन्त्रीहरुमाथि अवरोध तथा कार्यक्रममा ‘डिस्टर्ब’ गरिएको नुवाकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यसबारे विस्तृत विवरण आउने क्रममा रहेको सो कार्यालयले बताएको छ।

नुवाकोटकै नेता तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल पनि सो कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुगेका थिए।

Nuwakot Jhadak 2

उपप्रधानमन्त्री पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले पोखरेलको मोटरमा सामान्य क्षति भएको र एक स्थानीय मोटरमा भने धेरै क्षति पुगेको बताए।

‘सरकारी अधिकारीलाई निर्देशन दिने बिहानको कार्यक्रम सम्पन्न भएको छ,’ झडपलगत्तै श्रेष्ठले भने, ‘दिउँसो कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।’

विरोधमा सहभागी नेता उषा तिमिल्सिनाले आफूहरुले शान्तिपूर्णरुपमा विरोध प्रदर्शन गर्दा ओली पक्षका व्यक्तिहरुले आक्रमण गरेपछि झडप भएको बताएकी छन्।

‘नुवाकोटमा असंवैधानिक मन्त्री आगमनको क्रममा हाम्रो शान्तिपूर्ण आन्दोलनमा ओलीगुटका मान्छेहरुले हमला गरेपछी भडप भएको छ, उनले भनेकी छन्, ‘यो आन्दोलन ब्यक्तिविरुध्द होइन, निरंकुशता विरुध्द हो। ब्यक्तिगत रुपमा गरिएको आक्रमण निन्दनीय छ।’

उनले मन्त्रीहरुविरुद्ध कालोझण्डा देखाउने तयारी रहेको तर आफूहरुले सबै कार्यक्रम शान्तिपूर्ण रुपमा गर्ने भनी प्रहरी, प्रशासन र ओली पक्षका व्यक्तिहरुलाई पहिले नै जानकारी गराएको बताइन्।

Nuwakot Jhadak 3

‘हामीले शान्तिपूर्ण रुपमा गर्छौं भनेर पहिले नै जानकारी गराएर सोहिअनुसार गरेका थियौं तर मन्त्रीहरुको स्कर्टिङमा आएकाहरुले झण्डा खोस्न र लाठीचार्ज गर्न सुरु गरे,’ उनले भनिन्, ‘त्यसपछि प्रदर्शनकारीका तर्फबाट पनि ढुंगाप्रहार आदि प्रतिकार भयो।’

तिमिल्सिनाका अनुसार उनीहरुको शान्तिपूर्ण प्रदर्शनमा ओली पक्षका व्यक्तिहरुले पनि हमला गरेपछि झडप भएको थियो।

यो पनि:
उपप्रधानमन्त्री पोखरेल र अन्य मन्त्री सहभागी कार्यक्रममा नेकपाका दुई पक्षबीच झडप, गाडी तोडफोड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .