ad ad

राजनीति


प्रचण्ड–नेपाल पक्षको नेकपा केन्द्रीय समिति बैठक सुरु, ओलीमाथिको कारबाही अनुमोदन हुने

प्रचण्ड–नेपाल पक्षको नेकपा केन्द्रीय समिति बैठक सुरु, ओलीमाथिको कारबाही अनुमोदन हुने

नेपालखबर
माघ १९, २०७७ सोमबार ८:३४,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक सुरु भएको हो।

आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी स्थायी समितिले गरेको निर्णय अनुमोदन गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए।

यस्तै बैठकले निर्वाचन आयोगमा जाने विषयमा पनि निर्णय गर्नेछ।

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध चरणबद्ध आन्दोलन गरेको समीक्षा गरेर नयाँ संघर्षका कार्यक्रम घोषणा गर्ने सम्भावना रहेको छ।

नेकपाको पुस ७ देखि ९ गतेसम्म केन्द्रीय समितिको बैठक सोही स्थानमा भएको थियो।

केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्नका लागि आजै स्थायी कमिटीको बैठक समेत बसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .