ad ad

राजनीति


म्यानमारको सैन्य ‘कू’को विरोध गर्दै अमेरिकाद्वारा कारवाही गर्ने चेतावनी

म्यानमारको सैन्य ‘कू’को विरोध गर्दै अमेरिकाद्वारा कारवाही गर्ने चेतावनी

नेपालखबर
माघ १९, २०७७ सोमबार ५:४९,

एक वर्षका लागि संकटकाल घोषणा गर्दै त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएर सैन्य ‘कू’ गरेको हो।

म्यानमारमा सैन्य कू भएसँगै अमेरिकाले सेनाको उक्त कदमको विरोध गरेको छ। अमेरिकाले सैन्य कू फिर्ता लिन र आङ सान सुची र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई रिहा गर्न भनेको छ।

उनीहरुकाे रिहा नभए अमेरिकाले आवश्यक कदम चाल्ने चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले भनेको छ,‘हालैको चुनावको नतिजा बदल्ने कदम अथवा म्यानमारको प्रजातान्त्रिक संक्रमणमा बाधा ल्याउने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्दछ र यी कदमहरु उल्ट्याइएन भने जिम्मेवारहरु विरुद्ध कारवाही गरिनेछ।’

‘हामी सेना र अन्य सबै पक्षहरुलाई प्रजातान्त्रिक मान्यता र कानूनको पालना गर्न र आज पक्राउ गरेकालाई रिहा गर्न आग्रह गर्दछौं’ विज्ञप्तीमा भनिएको छ।

लामो समय सैन्य शासन झेलेको म्यानमारमा फेरि सैन्य शासन लागू भएको हाे। यसअघि म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैन्य शासन थियो।

म्यानमारको सरकारी टेलिभिजनका अनुसार निर्वाचन परिणाम अस्वीकार गर्दै सेनाले सत्ता आफ्नो हातमा लिएको हो।

गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसी एनएलडीले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो। तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाइरहेको थियो।

यही विषयमा त्यहाँ सेना र सरकारबीच तनाव बढेको थियो।

म्यानमारमा निर्वाचित संसदको अधिवेशन सोमबारदेखि सुरु गर्ने तयारी थियो। तर सेनाले अधिवेशन रोक्न भनिरहेको थियो। यसै क्रममा सेनाले सोमबार बिहानै सत्ता कब्जा गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .