पहेँलो धातु सुन आज प्रतितोला पाँच सय रुपैयाँ महंगो भएको छ।
हिजो ९२ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ९२ हजार ६ सय रुपैयाँ पुगेको छ।
त्यस्तै आइतबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि सोही दरले बढेर आज ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी भने ह्वात्तै बढेको छ। प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाकै १४ सय रुपैयाँ पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔँस नै १२ अमेरिकी डलरले बढेको छ। आज १८ सय ६१ दशमलव ९१ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भइरहेको एजेन्सीहरुले जनाएका छन्।
3
Shares
प्रतिक्रिया