राजनीति


प्रचण्ड र नेपाल आज माइतीघरमा धर्ना बस्ने

प्रचण्ड र नेपाल आज माइतीघरमा धर्ना बस्ने

नेपालखबर
माघ १८, २०७७ आइतबार ४:५४,

प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्नामा आज (आइतबार) नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पनि सहभागी हुने भएका छन्।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार दुवै अध्यक्ष दिउँसो १२ बजे धर्नामा बस्ने भएका हुन्।

संसद् भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम खारेजीको माग गर्दै प्रचण्ड–नेपाल पक्षका संघीय एवं प्रदेश सांसद तथा तत्कालीन संविधान सभाका सदस्य ४ दिनदेखि धर्नामा छन्।

प्रचण्ड–नेपाल पक्षले यही माघ २८ गते काठमाडौंमा ‘अहिलेसम्मकै ठूलो’ विरोध सभा गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री ओलीको सिफारिसअनुसार गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ मा चुनाव गर्ने घोषणा गरेकी छन्।

त्यस दिनदेखि सत्तारूढ नेकपाका दुई समूह औपचारिक रूपमा अलग भएका हुन्।

प्रचण्ड–नेपाल पक्ष ओलीले असंवैधानिक कदम चालेको भन्दै संसद् पुनःस्थापनाको माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएको छ भने ओली समूह पनि आफ्नो निर्णयको प्रतिरक्षा गर्दै सभा गर्दै हिँडेकाे छ। 

साथै दुवै पक्षले आफू आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन् र निर्वाचन आयोगमा अलग–अलग विवरण पेस गरेका छन्। 

याे पनि : 

वैशाखमा चुनाव गराउन नेकपा विवाद नै प्रमुख बाधक

धनगढीमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन (फोटो)

लेखराज भट्टबारे प्रचण्डको टिप्पणी : मैले हुर्काएको, पटक–पटक मन्त्री बनाएको एउटा मान्छे केपीको दलाल भयो

केपी ओलीको पार्टी ‘डुप्लिकेट’ हो, कोही जानुभएको छ भने फर्किहाल्नुहोस् : नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad