राजनीति


लेखराज भट्टबारे प्रचण्डको टिप्पणी : मैले हुर्काएको, पटक–पटक मन्त्री बनाएको एउटा मान्छे केपीको दलाल भयो

लेखराज भट्टबारे प्रचण्डको टिप्पणी : मैले हुर्काएको, पटक–पटक मन्त्री बनाएको एउटा मान्छे केपीको दलाल भयो

नेपालखबर
माघ १७, २०७७ शनिबार १०:६,

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित विरोध सभामा ओली समूहमा गएका पूर्व माओवादी नेता लेखराज भट्टमाथि कडा टिप्पणी गरेका छन्।

शनिबार धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेता भट्टको नाम नलिइकन आफूले हुर्काएको र पटक–पटक अवसर दिएर मन्त्री बनाउँदै यहाँसम्म ल्याएको मान्छे ओलीको वरिपरि घुम्न गएको बताए। उनले ओलीलाई दलाल भएको बताउँदै भट्ट दलालको पनि दलाल भएर गएको बताए।

‘मैले हुर्काएको, पटक पटक अवसर दिएको, मन्त्री बनाएको मान्छे, जसलाई तपाईंहरुले नायक भन्नुहुन्थ्यो, मैले पनि तपाईहरुको नायक यही हो भन्थे’, उनले भने, ‘तिनी त अहिले त कता हो कता सोच्नै नसकिने गरी गए। केपी ओलीको वरिपरि घुम्ने भए। केपीको दलाल भए, केपी आफै दलाल हुन दलालको पनि दलाल भए।’

उनले आफूले भट्ट ओली समूहमा गएको पत्यार नलाग्दो घटना भएको बताए

उनले आफूलाई सुदूरपश्चिमका जनता भट्टको पक्षमा लाग्छन् कि भनेको उनको भन्डाफोरमा लागेको भन्दै धन्यवाद दिए।

‘यो विचलित भयो भनेर बुझ्नु हुन्न कि, धेरै नि भ्रममा परेर जानुहुन्छ कि भनेर दुई÷चार रात त मलाई टेन्सनै भएको थियो’, उनले भने, ‘पछि मैले थाहा पाएका यहाँका हाम्रा नेताकार्यकर्ता ९५ प्रतिशत हिलेका छैनन्, भन्ने थाहा पाउँदा मेरो छाति गर्वले फुलेको छ, तपाईहरुलाई भन्यवाद भन्न चाहन्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad