राजनीति


निर्वाचन आयोगले ओली र प्रचण्डलाई बोलायो

निर्वाचन आयोगले ओली र प्रचण्डलाई बोलायो

नेपालखबर
माघ १५, २०७७ बिहिबार ८:४०,

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका अध्यक्षलाई छलफलका लागि बोलाएको छ।

बिहीबार निर्वाचन आयोगले अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि आयोगमा बोलाएको हो।

आयोगका प्रवक्ता आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले तोकेका ५/५ जनालाई शुक्रबार बिहान साढे ११ बजे  छलफलका लागि बोलाएको बताए।

‘भोलि (शुक्रबार) बिहान ११ः३० बजे नेकपाको दुबै समूहका अध्यक्ष वा निर्वाचन र कानुन हेर्ने गरी तोकिएका ५/५ जनालाई छलफलका लागि डाकेका छौँ’, प्रवक्ता श्रेष्ठले नेपालखबरसँग भने।

आगामी वैशाख १७ र २७ घोषित निर्वाचनलाई लिएर आयोजले दल दर्ता प्रक्रिया अगाडि बढाउनुअघि नेकपाका दुई समूहलाई छलफलमा बोलाएको हो। प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबार नेकपा आधिकारिकता विवादसम्बन्धी विषयमा समेत छलफल हुने बताए।

आयोगले नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई अस्वीकार गर्दै दुवै पक्षलाई आधिकारिकता नदिने निर्णय गर्दै माघ १२ पत्र पठाएको थियो।

आयोगको निर्णयपति असन्तुष्टि व्यक्ति गर्दै आधिकारिकता दावी गर्दै नेकपाका दुवै समूह आयोगमा पुनः पत्र पठाउने तयारीमा रहेका छन्।

याे पनि  :  नाम र चुनाव चिन्हमा दाबी गर्दै प्रचण्ड-नेपालले पुनः आयोगमा पत्र पठाउने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad