जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको शासनको आखिरी दिन आएको बताएका छन्।
कतिपय नास्तिक आफ्ना आखिरी दिनमा ईश्वरको शरणमा जाने उल्लेख गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओली पशुपतिनाथमा जानु त्यसैको संकेत हुन सक्ने बताएका हुन्।
‘बिहान ‘कम्युनिस्ट’ ओलीद्वारा पशुपतिमा सवा लाख बत्ती प्रज्वलन ! दिउँसो नागरिक आन्दोलनकारीमाथि यो नृशंश प्रहरी दमन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भनिन्छ- कतिपय नास्तिकहरू पनि आफ्ना आखिरी दिनमा ईश्वरको शरणमा जान्छन् ! के ओलीतन्त्रको आखिरी दिन आएको हो? पशुपतिनाथले ओलीतन्त्रको रक्षा गर्लान् ?’

प्रतिक्रिया