राजनीति


प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस नेता कोइरालाको कटाक्ष : पशुपतिनाथ पुज्दैमा अपराधबाट उन्मुक्ति पाइँदैन

प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस नेता कोइरालाको कटाक्ष : पशुपतिनाथ पुज्दैमा अपराधबाट उन्मुक्ति पाइँदैन

नेपालखबर
माघ १३, २०७७ मंगलबार ३:३०,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा पूजा गर्दैमा देश र जनताप्रति गरेको अपराधबाट उन्मुक्ति नपाउने टिप्पणी गरेका छन्।

संसद् विघटन गराएका प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्वलन गर्दै विशेष पूजा गरेकै दिन सोमबार दिउँसो शान्तिपूर्ण आन्दोलन गरिरहेका नागरिक अभियन्ताविरुद्ध प्रहरीले पानीको फोहरा र लाठी बर्साएको थियो। जसबाट १२ जनाभन्दा बढी नागरिक अगुवा घाइते भएका छन्। उपचार जारी छ।

यसैलाई इंगित गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

‘देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भर्त्सना जति गरे पनि पुग्दैन,’ नेता कोइरालाले लेखेका छन्, ‘त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिस्ट शब्दकोशको आत्मालोचनाबाट नै।’

उनले अगाडि भनेका छन्, ‘सरकार, नागरिक समाजसँग क्षमा माग।’

याे पनि : 

नागरिक आन्दोलन: कैयौं अभियन्ता घाइते, १२ जनाको विभिन्न अस्पतालमा उपचार जारी

ओलीले कसलाई रिझाउन पशुपतिमा विशेष पूजा गरे?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad