राजनीति


संसद् विघटन : आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने द्विविधाबीच कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

संसद् विघटन : आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने द्विविधाबीच कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

नेपालखबर
माघ १३, २०७७ मंगलबार २:५८,

आज (मंगलबार) नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ।

कांग्रेस नेताहरूका अनुसार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्‍ने बैठकमा वर्तमान राजनीतिक विषयमा छलफल हुनेछ।

खासगरी बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने अपेक्षा गरिएकाे छ। 

साथै बैठकमा प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव, पार्टीको संगठन समायोजन र १४औं महाधिवेशनबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्।

गत पुस ७ गते सुरु कांग्रेसको केन्द्रीय समिति बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गरिसकेको छ। तर पनि कांग्रेसले संसद् पुर्स्थापनाबारे बोलेको छैन।

साथै संसद् विघटनविरुद्ध आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खिने भन्नेमा पनि कांग्रेस द्विविधामा छ।

सभापति शेरबहादुर देउवा संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिल्यै आन्दोलनमा जान उपयुक्त नहुने बताइरहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता भने आन्दोलनमा जानुपर्ने पक्षमा छन्। 

याे पनि :  नागरिक आन्दोलनमा दमन ‘ओलीतन्त्र’को अन्त्यअघिको छटपटी : गगन थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad