अमेरिकाको औषधी उत्पादक कम्पनी मोडेर्नाले आफूले विकास गरेको खोपले पछिल्लो समय निकै संक्रामक बनेर फैलिरहेको नयाँ कोरोना भाइरसविद्ध पनि काम गर्ने दाबी गरेको छ।
प्रयोगशालमा गरिएको प्रारम्भिक परीक्षणले कोरोनाको नयाँ भेरिएन्ट (प्रकार) विरुद्ध पनि लड्न सक्षम देखिएको मोडर्नाका वैज्ञानिकले बताएका हुन्।
तर यसको थप अध्ययनका लागि मानिसमै परीक्षण गरेर हेर्नुपर्ने उनीहरूको भनाइ छ।
बीबीसीका अनुसार दक्षिण अफ्रिकामा देखापरेको कोरोना भाइरसको नयाँ प्रकारका लागि दोस्रो बुस्टर थप गर्ने मोर्डनाले जनाएको छ।
किनकि दक्षिण अफ्रिकामा देखिएकाे काेराेनाकाे नयाँ प्रकार बढी फैलिने मात्र नभएर पुराेनाे भाइरसभन्दा अलि घातक पनि रहेकाे प्रारम्भिक अध्ययनले देखाएका छन्।
कोरोनाको नयाँ प्रकार सबैभन्दा पहिले सेप्टेम्बरमा बेलायतमा देखिएको थियो। जुन पहिलेको कोरोनाभन्दा ७० प्रतिशत बढी संक्रामक रहेको वैज्ञानिकले बताएका छन्।
बेलायतमा देखिएको नयाँ कोरोनाबाट नेपालका पनि ३ जना संक्रमित पाइएको थियो, जो बेलायतबाट फर्किएका थिए।

प्रतिक्रिया