राजनीति


प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक आइतबार बस्ने

प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक आइतबार बस्ने

नेपालखबर
माघ १०, २०७७ शनिबार १२:२५,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति आइतबार बस्ने भएको छ।

शनिबार काठमाडौँमा उपलब्ध स्थायी समिति सदस्यको अनौपचारिक बैठक बसेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले आजको अनौपचारिक बैठकमा दुई÷तीन एजेन्डा छलफल भएकाृ र थप एजेन्डासहित आइतबार स्थायी समितिको औपचारिक बैठक बस्ने जानकारी दिए।

‘आज दुई तीन एजेन्डामा अनौपचारिक छलफल भयो’, प्रवक्ता श्रेष्ठले भने, ‘भोलि थप एजेन्डासहित औपचारिक बैठक बस्छौँ।’

आजको अनौपचारिक बैठकमा पार्टीले शुक्रबार काठमाडौँमा गरेको विरोध सभाको समीक्षा हुनका साथै आन्दोलनका कार्यक्रमलाई थप प्र्रभावकारी बनाउने विषयमा छलफल भएको उक नेताले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ।

भोलिको बैठकका आन्दोलनका आगामी कार्यक्रम र संगठनका विषयमा नै मुख्य छलफल हुने ती नेताले जनाकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad