समाज


तीन करोड ठगीको आरोपमा बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालक पक्राउ

तीन करोड ठगीको आरोपमा बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालक पक्राउ

नेपालखबर
माघ १०, २०७७ शनिबार १२:५,

काठमाडौँको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकलाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको छ।

पौने तीन करोड ठगीको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार स्कुलका सञ्चालकद्वय शिरीष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको हो।

ठगी मुद्दामा अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी परिसरले जनाएको छ।

सञ्चालकले स्कुलको नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना २ पैसा जग्गा कृष्ण प्रसाद देवकोटालाई बिक्री गर्ने भन्दै २०७६ को बैशाखमा दुई करोड ७५ रुपैयाँ बैना लिएको र पछि अर्कैलाई बिक्री गरेका प्रहरीले जनाएको छ।

जग्गा अन्तै बिक्री गरेपछि देवकोटाले बैना गरेको रकम फिर्ता माग्दा नदिएपछि गत वर्ष नै प्रहरीमा जाहेरी दिएका थिए।

प्रहरीमा जाहेरी परेपछि लामो समयदेखि फरार रहँदै आएका उनीहरुलाई शनिबार काठमाडौंबाटै पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी प्रमेश बिष्टले बताए।

शिरीष न्याय परिषद्का सदस्य लक्ष्मी प्रसाद निराला खड्काका छोरा हुन्।

सो मुद्दामा स्कुलका अन्य सञ्चालक फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad