ad ad

राजनीति


राष्ट्रपतिको पदभार ग्रहणपछि पहिलो भाषणमा बाइडेनले गरे ट्रम्पको आलोचना

राष्ट्रपतिको पदभार ग्रहणपछि पहिलो भाषणमा बाइडेनले गरे ट्रम्पको आलोचना

नेपालखबर
माघ ८, २०७७ बिहिबार १:४,

अमेरिकाका ४६औं राष्ट्रपति जो बाइडेलने पदको शपथ ग्रहणपछि पहिलो सम्बोधनमा सत्ताबाट भर्खरै बिदा भएका डोनाल्ड ट्रम्पको नाम नलिईकन उनको आलोचना गरेका छन्।

नवनिर्वाचित राष्ट्रपति बाइडेनले यहाँ शक्ति र लाभ प्राप्तिका लागि झुट पनि बोलिने गरेको टिप्पणी गरेका हुन्।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गत नोभेम्बरमा सम्पन्न राष्ट्रपतिको चुनावमा धाँधली भएको आरोप लगाएका थिए। नतिजा रद्दको माग गर्दै अदालतमा मुद्दासमेत हालेका थिए। तर अन्ततः उनको कुरा झुटो साबित भयो।

त्यसपपिछ पनि उनले यही जनवरी ६ का दिन अमेरिकी संसद् भवनभित्र बाइडेनको जित प्रमाणित गर्न सांसदबीच छलफल भइरहेका बेला आफ्ना समर्थकद्वारा आक्रमण गराएका थिए। त्यसमा एक प्रहरीसहित ५ जनाको मृत्युभयो। तर ट्रम्पले त्यसमा आफ्नो संलग्नता नभएको दाबी गरेका थिए।

यिनै घटनालाई संकेत गर्दै बाइडेनले पदभार सम्हालेपछिको पहिलो सम्बाेधनमा ट्रम्पको आलोचना गरेका हुन्।

साथै बाइडेनले अमेरिकामा रातोले नीलोविरुद्ध गरिरहेकाे ‘असभ्य युद्ध’ पनि अन्त्य गर्ने घोषणा गरे।

याे पनि : सत्ता सम्हालेलगत्तै बाइडेनले उल्ट्याए ट्रम्पका नीति : डब्लूएचओदेखि जलवायुसम्म

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .