ad ad

छापा खबर


अपार्टमेन्ट नै असुरक्षित, छैन अनुगमन

अपार्टमेन्ट नै असुरक्षित, छैन अनुगमन

नेपालखबर
माघ ८, २०७७ बिहिबार ०:५४,

काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका छन्।

अपार्टमेन्ट तथा ठूला भवनले बढी फाइदा कमाउन तोकिएको मापदण्ड पूरा नगर्ने, मापदण्डविपरीत निर्माण गर्ने तथा कमसल सामग्री प्रयोग गर्दा सुरक्षामा समेत खतरा उत्पन्न भएको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

अपार्टमेन्ट तथा ठूला भवनको निर्माणका क्रममा मापदण्ड पूरा गरे÷नगरेको विषयमा सम्बन्धित निकायबाट अनुगमन पनि नहुँदा आगलागीलगायतका दृष्टिले त्यस्ता अपार्टमेन्ट तथा भवनमा झनै खतरा देखिएको हो।

संयुक्त आवासको स्वामित्वसम्बन्धी नियमावली, २०६० मा संयुक्त आवास भवन निर्माण तथा सञ्चालन भए नभएको सम्बन्धमा अनुगमन तथा निरीक्षण गर्न सकिने व्यवस्था छ भने नियमविपरीत आवास भवन निर्माण तथा सञ्चालन गरेको देखिएमा कार्य गर्न रोक लगाउन सक्ने व्यवस्था छ । तर सहरी क्षेत्रमा नियमविपरीत भवन निर्माण भए पनि सरोकारवाला निकायले चासो दिएको पाइएको छैन।

काठमाडौं रविभवनस्थित सोल्टी सिटीमा केही दिनअघि मात्र आगलागी भयो । आगो नियन्त्रणका लागि गएको टोलीले अपार्टमेन्टमा प्रवेश गरेर आगो नियन्त्रणको प्रयास गर्दा अपार्टमेन्टमा जडान गरिएका अग्नि नियन्त्रणसम्बन्धी उपकरणले काम नै नगरेको पाइएको छ।

अपार्टमेन्टमा आकस्मिक रूपमा निस्कन मिल्ने द्वार र भ¥याङ भित्र र बाहिर दुवै ठाउँमा हुनुपने मापदण्डसमेत पूरा नगरेको पाइएको छ ।

अपार्टमेन्टको तेस्रो तल्लामा विद्युत् सर्ट भएर आगलागी भएको थियो । स्थानीयले भने कमजोर गुणस्तरको विद्युतीय सामग्री प्रयोग र वायरिङमा लापरबाहीका कारण आगलागी भएको आशंका गरेका छन्।

सोल्टी सिटीको मात्र नभएर उपत्यकाका अधिकांश अपार्टमेन्ट र व्यापारिक प्रयोजनका लागि निर्माण भएका ठूला भवनमा जडान गरिएका अग्नि नियन्त्रणसम्बन्धी उपकरण काम नलाग्ने अवस्था छन् । कुनै कारण आगलागी भएको खण्डमा त्यहाँ ठूलो दुर्घटना निम्तने खतरा देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .