जर्मनीबाट स्वदेश फर्किनासाथ गिरफ्तार गरिएका रुसका विपक्षी नेता नभाल्नीलाई तुरुन्त रिहा गर्न अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको टोलीले माग गरेको छ।
घटनाको निन्दा गर्दै बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनयन गरेका जेक सुलिभान, युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेललगायतले नभाल्नी पक्राउ ‘अस्वीकार्य’ भनेका हुन्।
साथै उनीहरुले नेता नभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेकाे बीबीसीले जनाएकाे छ।
याे पनि : रुसका राष्ट्रपति पुटिनका आलोचक विपक्षी नेता नभाल्नी स्वदेश पुग्नासाथ गिरफ्तार

प्रतिक्रिया