ad ad

राजनीति


रुसका राष्ट्रपति पुटिनका आलोचक विपक्षी नेता नभाल्नी स्वदेश पुग्नासाथ गिरफ्तार

रुसका राष्ट्रपति पुटिनका आलोचक विपक्षी नेता नभाल्नी स्वदेश पुग्नासाथ गिरफ्तार

नेपालखबर
माघ ४, २०७७ आइतबार २३:१९,

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं विपक्षी नेता एलेक्सी नभाल्नीलाई आफ्नो देश पुग्नासाथ गिरफ्तार गरिएको छ।

बीबीसीका अनुसार जर्मनीमा उपचार गराएर पाँच महिनापछि आफ्नो मुलुक रुसको मस्को पुग्नासाथ उनलाई प्रहरीले पक्राउ गरेको हो।

गत अगस्टमा रुसकै ओम्स्कबाट मस्कोमा जाँदै गर्दा विमानभित्रै उनी बेहाेस भएका थिए। त्यसपछि विमान आकस्किम अवतरण गराई उनलाई एक स्थानीय अस्पतालमा उपचार गरिएको थियो।

तर स्वदेशमा उपचार हुन नसकेपछि उनलाई जर्मनी लगिएकाे थियाे। नभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ विष खानामा मिसाएर खुवाइएको पाइएकाे जर्मनीले बताएको छ। उनलाई अस्पतालबाट गत सेप्टेम्बरमै डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाहअनुसार उनी त्यहीँ आराम गरिरहेका थिए।

फर्किएपछि पक्राउ गर्ने रुस सरकारकाे चेतावनीबीच आइतबार स्वदेश फर्किएका नेता नभाल्नीलाई रुसकाे राजधानी मस्काे पुग्नासाथ नियन्त्रणमा लिइएकाे बीबीसीले जनाएकाे छ।

हिरासतमा लिनुअघि केही मिनेटअघि नभाल्नी मस्कोस्थित सेरेमेत्येवो एयरपोर्टमा आफ्ना समर्थक र सञ्चारमाध्यमसँग भने, ‘म सत्यको बाटोमा छु। मलाई कुनै कुराको डर लाग्दैन। मेराविरुद्ध लगाइएका सबै आपराधिक आरोप झुटा छन्।’

नभाल्नीलाई एक जालसाजी मुद्दामा दोषी ठहर्‍याइएकाे छ। जेलबाट छुट्दा गरेकाे प्रतिबद्धता उनले उल्लंघन गरेको आरोप छ। रुसी प्रशासनले उनलाई गत डिसेम्बरमै हाजिर हुन भनेकामा त्यसलाई उनले बेवास्ता गरेकाे आरोप लगाइएकाे छ। अब फेरि उनी जेल जान पर्ने हुन सक्ने बताइएकाे छ। 

navalni2

४४ वर्षीय नभाल्नीलाई त्यतिबेला विष खुवाउनुमा रुस सरकारकै हात रहेको आशंका गरिएको छ।

याे पनि : 

आफूलाई विष खुवाइनुमा राष्ट्रपति पुटिन जिम्मेवार रहेको नभाल्नीको भनाइ

जर्मनीपछि फ्रान्स र स्वीडेनको ल्याबले पनि भन्योः नभाल्नीलाई विष खुवाइएको थियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .