प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन्।
ओलीले आज पुस २७ गते परेको पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्तिको अवसरमा उनको विशिष्ठ योगदानको स्मरण गरेका हुन्।
‘नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ। आज उहाँको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु,’ ओलीले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया