राजनीति


प्रधानमन्त्री ओलीले प्रचण्डको माया लाग्छ भनेपछि...

प्रधानमन्त्री ओलीले प्रचण्डको माया लाग्छ भनेपछि...

नेपालखबर
पुस २५, २०७७ शनिबार १३:१२,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनयुद्ध लडेका कसैले पनि साथ नदिएको दावी गरेका छन्।

शनिबार युवा संघको बागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनयुद्ध लडेका, जनयुद्धमा साथ दिएका कोही पनि प्रचण्डसँग नरहेको दावी गरेका हुन्।

उनले केही दिनअधि प्रचण्डले वैशाखबाट केपी ओलीको राजनीति सिद्धियो भनेको स्मरण गर्दै केही समय सँगै काम गरेको हुँदा आफूलाई प्रचण्डको माया लागेको बताए।

‘अस्ति अँध्यारो अनुहार पारेर, निरिहपूर्वक प्रचण्डले बोलेको सुनेँ– वैशाखबाट केपी ओली राजनीतिबाटै सिद्धिन्छन्, अलि समय सँगै काम गरेको हुँदा माया पनि लाग्दो रै‘छ, यसो बोलेको सुन्दा मलाई माया पनि लाग्याे’, ठट्यौली पारामा ओलीले भने, ‘हिजो जनयुद्ध लडेका, उ्हाँलाई साथ दिएका कोही उहाँसँग छ अब? सिद्धिए।’ ओलीले यसो भन्दै गर्दा हलमा हासो र ताली गुञ्जिएको थियो।

उनले नेकपा प्रवक्ता नारायणकाजी जनयुद्ध लडेको मान्छे नभइ यता उता मिलाएर पद पाउँदै आएको बताए।

उनले माधव नेपाल मदन भण्डारी मरेपछि महासचिव, आफूले छाडेका कारण अध्यक्ष र अन्तैको निर्देशनमा प्रधानमन्त्री भएको बताए।

‘माधव नेपाल मदन भण्डारी मरेपछि महासचिव, मैले छाडेर अध्यक्ष भए, चुनाव लडेपछि अन्तैबाट च्यानल लगाइदिएर प्रधानमन्त्री भए’, उनले भने।

उनले आफू चुनाव लडेपछि नवौँ महाधिवेशनमा नेपाल पराजित भएको र पराजित भएसँगै अध्यक्ष माग्न थालेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad