राजनीति


प्रचण्ड–नेपाल समूहको सर्वदलीय अन्तर्क्रिया : मोहनविक्रम सिंहदेखि रवीन्द्र मिश्रसम्म सहभागी

प्रचण्ड–नेपाल समूहको सर्वदलीय अन्तर्क्रिया : मोहनविक्रम सिंहदेखि रवीन्द्र मिश्रसम्म सहभागी

नेपालखबर
पुस २२, २०७७ बुधबार ९:३,

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा बृहत् राजनीतिक अन्तर्क्रिया कार्यक्रम राखेको छ।

बुधबार दिउँसो बानेश्वरस्थित इन्द्रेणी बैंक्वेटमा सुरु भएको उक्त कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्नेदेखि संसद बाहिर रहेका दलसम्मलाई बोलाइएको छ।

अन्तर्क्रियामा नेकपा अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि,  नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादी)का सीपी गजुरेल, मालेका महासचिव सीपी मैनाली, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसम्म सहभागी छन्।

अन्तर्क्रियामा अहिले नेकपाका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad