समाज


असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने बेलायती अदालतको निर्णय स्वागतयोग्यः राष्ट्रसंघ

असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने बेलायती अदालतको निर्णय स्वागतयोग्यः राष्ट्रसंघ

नेपालखबर
पुस २२, २०७७ बुधबार ९:१२,

बेलायती अदालतले अमेरिका सुपुर्दगी गरिए असान्जमाथि यातनासहित कठोर कारावासमा पठाइने भन्दै असान्जको कमजोर मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखी अमेरिका सुपुर्दगी गर्न अस्वीकार गरेको थियो।

मेल्जरले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “संयुक्तराज्य अमेरिकामा असान्जमाथि ठूलो यातना वा अन्य किसिमले क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा यातना दिइने निश्चित थियो।”

अमेरिकाले आफ्ना सुरक्षासँग सम्बन्धी महत्वपूर्ण दस्तावेज चोरी गरेको आरोप लगाउँदै असान्जलाई अमेरिका सुपुर्दगी गर्न बेलायत समक्ष अनुरोध गरेको छ। हाल असान्जलाई बेलायतको बल्मार्स कारागारमा राखिएको छ।

मेल्जरले यदि असान्जलाई अमेरिका पठाइएको भए उनीमाथि १७५ वर्षको जेल सजाय हुने बताएका छन्।

मेल्जरले असान्जको मुद्दालाई खोज पत्रकारिता गर्न चाहनेहरुको प्रेस स्वतन्त्रता सुरक्षाका सन्दर्भमा पनि व्याख्या गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै चिन्ता व्यक्त गरे।

उनले भनेका छन्, “यस फैसलाले प्रेस स्वतन्त्रता, जवाफदेहीता र कानुनी शासनलाई गम्भीर रुपमा बेवास्ता गर्ने गरी एक किसिमको विध्वंसात्मक नजिर कायम गरेको छ।” सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad