नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनभर शक्तिमा रहन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएको आरोप लगाएकी छन्।
संसद् भंग गराउनु जघन्य राजनीतिक अपराध भएको उल्लेख गर्दै नेतृ झाँक्रीले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको सर्वसत्तावादी कदमविरुद्ध एकजुट हुन सबैलाई आह्वान पनि गरिन्।
सोमबार चितवनको भरतपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन् ‘बाँचुञ्जेल शक्तिमा रहन संसद् विघटन गरियो, संविधानले यो अधिकारै दिँदैन।’
संसद विघटन राजनीतिक सवाल भएको बताउँदै उनले यसको छिनोफानो सडकबाटै हुने चेतावनी दिइन्।
यस क्रममा नेतृ झाँक्रीले आफ्नो समूह (प्रचण्ड–नेपाल) विरुद्ध भइरहेको आलोचनाप्रति संकेत गर्दै प्रधानमन्त्री ओली अहिले हास्यव्यंग्यमा व्यस्त भइरहेको टिप्पणी पनि गरिन्।
‘प्रधानमन्त्रीले कमेडी गरिरहनुभएको छ, तर देश कमेडीले होइन सोचले बन्ने हो’ उनले भनिन्,

प्रतिक्रिया