ad ad

राजनीति


बालुवाटारमा बालुवा पेलेर तेल निकाल्न खोज्दै हुनुहुन्छ वामदेवः नेपाल

बालुवाटारमा बालुवा पेलेर तेल निकाल्न खोज्दै हुनुहुन्छ वामदेवः नेपाल

नेपालखबर
पुस १९, २०७७ आइतबार १३:३६,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा अध्यक्ष माधवकुमार नेपालले नेकपा उपाध्यक्ष वामदेव गौतमको अझै पनि पार्टी एकता गर्ने प्रयत्नलाई बालुवा पेलेर तेल निकाल्ने प्रयास जस्तै भनी टिप्पणी गरेका छन्।

‘वामदेव कमरेडसँग अस्ति पनि मेरो कुरा भयो, उहाँले म अझै पनि एकताको प्रयास गरौँ? भनी सोध्नुभयो, मैले भनेँ– गर्नुस्,’ प्रवासी नेपालीसँग आइतबार भएकाे भर्चुअल अन्तरक्रियामा नेपालले भने, ‘तर मैले उहाँलाई पनि भनेँ कि उहाँ बालुवाटारमा बालुवा पेलेर तेल निकाल्ने प्रयास गर्दै हुनुहुन्छ।’

अध्यक्ष नेपालले गाैतमले गरेको प्रयत्न सफल भए राम्रै हुने र आफू त्यसको पक्षमै रहेको बताए।

‘केपी कमरेडले गल्ति भयो भनेर रियलाइज गर्नुहुन्छ र रुपान्तरण भएर आउनुहुन्छ भने केहि पनि असंभव छैन,’ उनले भने, ‘असंभव ठानिएको कुरा पनि भएदेखि त ठीकै छ, व्यक्तिगत कुरा हैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .