प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को काठमाडौँ जिल्ला स्तरीय ‘बृहत् कार्यकर्ता भेला’ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको छ।
भेलालाई प्रधानमन्त्री एवं अध्यक्ष ओली, सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने बताइएको छ।
अहिले भेलामा प्रधानमनत्री बाहेक सबै नेताहरु आइसकेको एक नेताले जानकारी दिए।
नेकपामा आएको विभाजनसँगै ओली समूहले देशैभर कार्यकर्ता भेला गर्दै आएको छ। उपत्यकामा हिजो ललितपुरमा कार्यकर्ता भेला गरिएको थियो। उक्त भेलालाई गृहमन्त्री थापाले सम्बोधन गरेका थिए।
शनिबार बिान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजधानी मजदूर विशेष जिल्ला कमिटीको आयोजनामा पुतलीसडकस्थित जिफन्टको प्रांगणमा आयोजित अगुवा कार्यकर्ता भेलालाई उपप्रधानमन्त्री पोखरेलले सम्बोधन गरेका थिए।
त्यस्तै शनिबार नै कोटेश्वरमा रामेछाप–काठमाडौं सम्पर्क कमिटीको कार्यकर्ता भेलामा महासचिव विष्णु पौडेल र नेता लेखराज भट्टले सम्बोधन गरेका थिए।
Shares

प्रतिक्रिया