यस भाइरस एकवर्ष अगाडि देखिएको थियो। हालसम्म यो नियन्त्रणमा आउन सकेको छैन।
धेरैले चीनमा यस भाइरसको उत्पत्ति भएको बताइरहँदा चिनियाँ विदेशमन्त्री वाङ यीले चीनमा देखिनु अगाडि नै अन्य देशहरुमा पनि कोरोना रहेको बताएका छन्।
उनी भन्छन्,‘कोरोना भाइरस पृथ्वीमा रहेछ भनेर पत्ता लगाउने चाहीँ हामी हौं।’
विश्वभरका अध्ययनहरुले गतवर्षको डिसेम्बर अगाडि नै विश्वका कयौं स्थानमा कोरोनाको संकेत देखिएको विदेशमन्त्री वाङले बताए। एससीएमपी

प्रतिक्रिया