ad ad

राजनीति


आफ्नो चुनाव क्षेत्र पुगेर कमल थापाले भने : अबको विकल्प राप्रपा

आफ्नो चुनाव क्षेत्र पुगेर कमल थापाले भने : अबको विकल्प राप्रपा

नेपालखबर
पुस १३, २०७७ सोमबार १५:२१,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तनपछि मुलुकले लिएको बाटो र मार्गचित्र त्रुटिपूर्ण भएको भन्दै त्यो मार्ग सच्याउन जरुरी भएको बताएका छन्।

हेटौँमा कार्यकर्ता भेटघाटका क्रममा उनले अब कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दाबी गरे। राईगाउँ र फापरबारिमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेस र कम्युनिस्टको असफलता र अकर्मण्यताको चर्चा गर्दै भ्रष्टाचार, बेरोजगारीको अन्त्य अहिलेको प्रमुख आवश्यकता भएको बताए।

क्रान्ति र परिवर्तनको गफ दिने शक्तिहरु स्वार्थ, शक्ति र पदको भागबण्डामा रुमल्लिएर देशलाई बर्बाद गराउन उद्दत रहेको भन्दै थापाले आफूलाई ठूला भन्ने शक्ति कांग्रेस कम्युनिस्ट असफल भएको बताए।

कार्यक्रममा बोल्दै पार्टीका कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौलाले इमानदारीता,निष्ठा र सिद्धान्त प्रतिको प्रतिबद्धताको जगमा टेकेर राप्रपालाई मुलुकको बलियो र स्थायी शक्ति बनाउनुपर्ने आवश्यकतामा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .