ad ad

राजनीति


डा भट्टराईसँग चिनियाँ उपमन्त्रीले भने : नेपालको आन्तरिक मामलामा बहस गर्न आएका हाेइनाैं

डा भट्टराईसँग चिनियाँ उपमन्त्रीले भने : नेपालको आन्तरिक मामलामा बहस गर्न आएका हाेइनाैं

नेपालखबर
पुस १३, २०७७ सोमबार १५:३७,

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरी टोलीले भेटवार्ता गरेको छ।

भेटका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागमा उपमन्त्री गुओ यैचोले बाहिर प्रचार भएको जस्तो नेपालको आन्तरिक मामलामा बहस गर्न नेपाल नआएको बताएका छन्।

आज साँझ ६ बजे अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले आफ्नो भ्रमणमा नेपालका प्रमुख राजनीतिक दल तथा चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध झन् राम्रो र सुमधुर बनाउन भएको बताए।

‘उपमन्त्री गुओ यैचोले आफूहरु २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताउनुभयो’ जसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डेले भने, ‘सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख पार्टीहरुबीच आपसी सम्बन्ध र नेपाल–चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको पनि उहाँले उल्लेख गर्नुभयो। हल्ला भएको जस्तो नेपालको आन्तरिक मामिलाको विषयमा बहस छलफल गर्न नेपाल नआएको बताउनु भयो।’

भेटमा उनले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरेका थिए।

यसअघि उप मन्त्री यैचोले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग छुट्टाछुट्टै भेटेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .