प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा नेता घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना भए संविधानको रक्षा हुने र पार्टी विभाजन पनि रोकिने बताएका छन्।
आइतबार गृह जिल्ला रुपन्देहीमा भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता भुसालले प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नगरी प्रतिनिधि सभा विघटन गरेको बताए।
उनले प्रधानमन्त्रीको कदम असंवैधानिक र संविधानको परिकल्पना भन्दा बाहिरको भएको उनको भनाइ थियो। उनले संसदको पुनःस्थापना भए सबै कुरा ट्रयाकमा आउने बताए।
‘संसदको पुनःस्थापना भयो भने सबै कुरा ट्रयाकमा आउँछ, संविधानको रक्षा पनि हुन्छ, पार्टी विभाजन पनि जोगिन्छ’, उनले भने। उनले पार्टीको चिन्ता लिने हरेक कार्यकर्ताको माग संसद पुनःस्थापना हुनुपर्ने बताए।
उनले संसद पुनःस्थापना भएपछि पार्टी एक ठाउँमा आउने दावी समेत गरे। उनले अहिलेको अवस्थामा पार्टीले ठूलो धक्का खाएको भन्दै यसबाट सिकेर अगाडि बढ्ने बताए।
उनले संसद पुनःस्थापना भएन भने संविधान च्यातिँदै र उध्रिदै जाने र देश अस्थिरताको भूमरीमा फस्ने बताए।
उनले अहिले प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनाव हुनै नसक्ने चुनाव भएको बताए। उनले प्रधानमन्त्री ओलीले पार्टीले काम गर्न दिएन भन्दै संसद विघटन गरेको भन्दै उनले पार्टीले कहाँ असहयोग गर्यो भनेर देखाउन चुनौती समेत दिए।
‘पार्टीले गर्न दिएन भनेर भनिएको छ त्यो गलत छ, जुन बाटोबाट ल्याइउको त्यो गलत छ, जुन उद्देश्यले ल्याइएको छ त्यो पनि गलत छ’, उनले भने।
उनले राजाले खोसको संविधान त ब्युँताएको उदाहरण दिँदै उनले रैतिले खोसको संविधान त्यसै ब्युँताउने बताए।
‘राजाले खोसेको संविधान त ब्युँताइयो भने रैतिले खोसेको किन नब्युँत्याउनु?’, उनले भने ‘१५ सालको संविधानमा राजासँग खोस्ने अधिकार थियो, देउवाले गरेको विघटन पनि संविधान सम्मत, थियो यहाँ त त्यो पनि छैन।’ प्रधानमन्त्रीको यो कदम तीन/चार महिना पनि नटिक्ने बताए।
उनले प्रधानमन्त्री ओली विधि नमानेर ठूलो गल्ती गरेको बताए।
उनले प्रधानमन्त्रीको कदम प्रधानमन्त्री आफैलेबाहेक अरु कसैले पनि ठीक छ नभनेको बताए।
‘ओलीको कदम कमरेड ओलीबाहेक उहाँकै पछि लागेका १ जनाले पनि ठीक हो भनेको मैले सुनेको छैन’, उनले भने, ‘उहाँहरुले भाषमा ठीक भने पनि व्यक्तिगत रुपमा भेट्दा ठीक कदम हो भन्नै सक्नुहुन्न।’
Shares

प्रतिक्रिया