राजनीति


नेकपाका देशभर रहेका पार्टी कार्यालय सुरक्षित गर्न गृह मन्त्रालयको सर्कुलर

नेकपाका देशभर रहेका पार्टी कार्यालय सुरक्षित गर्न गृह मन्त्रालयको सर्कुलर

नेपालखबर
पुस १२, २०७७ आइतबार १३:१२,

नेकपाको आन्तरिक विवादका कारण पार्टी कार्यालय कब्जा गर्ने होडबाजि चलेपछि गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ।

बिभिन्न जिल्लामा दुई पक्षको झडप हुन थालेपछि आइतबार गृह मन्त्रालयले नेकपाका देशभरका पार्टी कार्यालयहरु रहेको ठाउँमा सुरक्षा व्यवस्था थप कडा पार्ने निर्णय गरेकाे स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको गरेको समूह र पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल पक्षबीच पार्टी कार्यालय कब्जा गर्ने होडबाजी सुरु भएपछि सुरक्षा व्यवस्थामा कडाइ गर्न गृहले निर्देशन दिएको हो।

नेकपा नेता कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र कन्चनपुर, लम्जुङ, सिन्धुली, चितवन लगायतका जिल्लाका पार्टी कार्यालय कब्जा गर्ने प्रयास गरेका छन्।

Kanchanpur Nekapa office Police 1

यी जिल्लामा बिवाद देखिएपछि अन्य जिल्लामा पनि यस्तै घटना हुन सक्ने भन्दै गृह मन्त्रालयले सर्कुलर गरेको हो।

नेकपा विभाजन भएसँगै नाम र चुनाव चिन्हको विवाद अहिले निर्वाचन आयोगमा पुगेको छ।

तर पार्टी कार्यालय भने बलजफ्ती कब्जामा लिन दुवै समूह लागेका छन्। दुवै समूहले आधिकारिक र संस्थापन पक्ष आफू भएको दाबी गर्दै पार्टी कार्यालयमा दाबी गरेका हुन्।

निर्वाचन आयोगले पार्टीको नाम र चुनाव चिन्हको विवाद समाधान नगर्दासम्म पार्टी कार्यालय कसको हुने र आधिकारीक नेकपा कुन हुने भन्ने अनिश्चित छ। अहिले दुवै समूहले आफूहरु वैधानिक नेकपा भएको दाबी गर्दै नेताहरुलाई आफ्नो पक्षमा तानातान गरिरहेका छन्।

Kanchanpur Nekapa office kabja 2

संसद भंग गर्दै केपी ओलीले नयाँ निर्वाचनको मिति तोकेपछि नेकपा विभाजनतर्फ गएको हो।

ओलीको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट परेको छ। सर्वोच्चले उक्त रिटमाथिको सुनुवाइ सुरु गरेको छ।

यो पनि :
नेकपाका दुई पक्षले कञ्चनपुर पार्टी कार्यालय कब्जा गर्न खोज्दा भिडन्त (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad