प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भएको छ।
आइतबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका संसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान आर्थिक मामिला मन्त्री अर्थमन्त्री इन्द्र आङ्बो छन् भने समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन्।
अविश्वासको प्रस्तावमा ३७ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन्। अविश्वास प्रस्तावमा भीम आचार्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ।
‘हामीले अहिले संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ताका गर्दै छौँ’, सांसद इन्द्र आङ्बोले भने, ‘अविश्वासको प्रस्तावमा ३७ सांसदले हस्ताक्षर गर्नुभएको छ। हामीले मुख्यमन्त्रीको रुपमा भीम आचार्यलाई राखेका छौँ।’
प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रमोद विकले आइतबार बिहान १०.४३ अविश्वासको प्रस्ताव दर्ता भएको बताए।
‘१०.४३ मा अविश्वासको प्रस्ताव दर्ता भयो, ३७ माननीयको हस्ताक्षर छ, दर्ता नम्बर १ रहेको छ’, उनले नेपालखबरसँग भने।
प्रदेशसभा ९३ सदस्यीय रहेको छ। अविश्वास प्रस्ताव पारित गराउनका लागि ४७ सांसदको आवश्यक पर्छ। प्रदेश १ मा नेकपाका ६७ सांसद रहेका छन्।
यो पनि:
सरकार ढाल्न खोजेको भन्दै प्रदेश १ का मुख्यमन्त्री राईले आर्थिक मामिला मन्त्री आङ्बोलाई गरे बर्खास्त

प्रतिक्रिया