समाज


कारागारको पर्खाल नाघेर भागेका जबर्जस्ती करणी मुद्दाका अभियुक्त जंगलबाट पक्राउ

कारागारको पर्खाल नाघेर भागेका जबर्जस्ती करणी मुद्दाका अभियुक्त जंगलबाट पक्राउ

नेपालखबर
पुस १२, २०७७ आइतबार ५:१,

चितवनको भरतपुर कारागारबाट फरार भएका थुनुवा पक्राउ परेका छन्।

कारागारबाट भागेका थुनुवा चितवनको कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटी जङ्गलबाट श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनी यही मङ्सिर २० गते साँझ ५ः१५ बजे कारागारबाट भलिबल खेल्ने जालीको सहायताले पर्खाल नाघी भागेका थिए।

जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि गएको साउन २० गते उनलाई कारागार पठाइएको थियो। पक्राउ परेका श्रेष्ठको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ।

थापाले आज रिपोर्ट नेगेटिभ आएमा श्रेष्ठलाई कारागार पठाइने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad