ad ad

राजनीति


चुरोटका पारखी किम जोङको योजनाः सार्वजनिकस्थलमा धुम्रपान प्रतिबन्ध गर्ने

चुरोटका पारखी किम जोङको योजनाः सार्वजनिकस्थलमा धुम्रपान प्रतिबन्ध गर्ने

नेपालखबर
पुस ११, २०७७ शनिबार ११:२१,

तर उनै चुरोटका पारखी किमले गत नोभेम्बरमा उत्तर कोरियामा सार्वजनिकस्थलमा धुम्रपानलाई प्रतिबन्ध लगाउने नियम लागू गरेका छन्। सार्वजनिकस्थलमा धुम्रपान गरिएको देखिए हदैसम्म कारवाही गरिने बताइएको छ।

यो नयाँ नियमले एउटा प्रश्न चिन्ह भने खडा भएको छ। किम आफैंले नियम तोडेभने चाँही के हुन्छ?

Perezida wa Koreya ya Ruguru yafotowe ari gutumura agatabi mbere yo guhura  na Trump - Teradig News

बर्षौयता उत्तर कोरियाले आफ्ना जनतालाई सार्वजनिक स्थलहरुमा धुम्रपान नगर्न बताइरहेको थियो। चुरोट मुटुमा गोली ताकिए सरह हो भनेर सूचना दिइन्थ्यो। होर्डिङबोर्डहरुमा धुम्रपान गर्न हुँदैन भन्ने सन्देश लेखिएका थिए।

यद्यपी आफ्नै परिवारमा धुम्रपानबाट बिरामी भएको इतिहास हुँदाहुँदै पनि किमले भने आफ्नै नियम तोड्दै आए।

हाल उत्तर कोरियामा ‘टोब्याको–प्रोहिबिसन ल’ सुर्तीजन्य पदार्थ निषेध गर्ने कानुन बनेको छ। यो कानुन पनि जनतालाई मात्र लागू हुने किमलाई लागू नहुने देखिएको छ।

(भिडियो)

किनभने उनी देशका सर्वोच्च नेता हुन् र उनको विरोध गरिए विरोध गर्नेले खराब नियतीको सिकार हुनुपर्नेछ। जानकारहरुका अनुसार उत्तर कोरिया विश्वमा एक्लिएको देश हो। जहाँ किम कानुनभन्दा माथि छन्।

किमले हरेक स्थानमा चुरोट सेवन गर्ने दक्षिण कोरियाली अधिकारीहरु बताउँछन्। उनी किशोर अवस्थादेखि नै चुरोट र मदिराका पारखी थिए। चुरोट र मदिरा अत्यधिक सेवन गर्ने हुँदा उनी बेलाबेला बिरामी भइराख्ने पनि बताइन्छ। न्युयोर्क टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .