ad ad

राजनीति


प्रचण्ड–नेपाल समूहमै फर्किए छक्कबहादुर

प्रचण्ड–नेपाल समूहमै फर्किए छक्कबहादुर

नेपालखबर
पुस ११, २०७७ शनिबार ११:४,

सांसद छक्कबहादुर लामाले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूह परित्याग गरेका छन्।

पार्टी विभाजनका क्रममा प्रधानमन्त्री ओली समूहमा देखिँदै आएका सांसद लामाले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै आफू प्रचण्ड–माधव समूहमा रहेको बताएका हुन्।

नेकपा ओली पक्षले पार्टी फुटेपछि गरेको केन्द्रीय समिति बिस्तारमा लामालाई केन्द्रीय सदस्य बनाएको थियो। उनले जिल्लाका कार्यकर्ताको आग्रहमा आफूले ओली पक्ष छाडेको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले पार्टीमा आएको विभाजनले आफूलाई दुःखी बनाएको बताएका छन्।

‘आमा हुम्लाबासी जनता कार्यर्ताको सल्लाह सुझाव र भावनलाई सम्बोधन गरी नेकपा (ओली) नेतृत्वको केन्द्रीय आयोजक सदस्यको पदलाई परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल) पार्टी संगठनमा यथावत रहेको विश्वास दिलाउँदै बाहिर आएको हल्लाको भ्रममा नपर्न सम्पूर्ण पार्टी कार्यकर्ता र हुम्लीबासी जनतालाई विचिलित नभइ प्रचण्ड–नेपालको मूल पार्टीमा एकतावद्ध भएर बस्न अनुरोध गर्दछु’, उनको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .