राजनीति


पेरिसडाँडा पुगेर प्रचण्डलाई भेटेपछि यसो भने महासेठले

पेरिसडाँडा पुगेर प्रचण्डलाई भेटेपछि यसो भने महासेठले

नेपालखबर
पुस ११, २०७७ शनिबार ११:२९,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समितिका सदस्य रघुवीर महासेठले आफू कुन पक्षमा लाग्ने भन्ने बारेमा दुई/तीन दिनमै टुंगो लगाउने बताएका छन्।

नेकपाभित्र दुई समूहले नेताहरुलाई आफ्नो पक्षमा पार्ने कोशिस गरिरहेको समयमा नेता महासेठ भने अझै कुन पक्षमा लाग्ने भन्ने अन्यौलमा छन्।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको पुस ७ गतेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा उपस्थित भएका महासेठ ९ गतेको केन्द्रीय कमिटीको बैठकमा भने उपस्थित भएनन्।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी पत्नी जुली महतोलाई प्रधानमन्त्री ओलीले शुक्रबार महिला, बालबालिका मन्त्री बनाएपछि महासेठको अन्यौल झनै बढेको हो।

यसैबीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार महासेठलाई पेरिसडाँडा बोलाएर छलफल गरेका छन्। महासेठले प्रचण्डले बोलाएपछि भेट गर्नका लागि आफू पेरिसडाँडा गएको बताए।

‘प्रचण्ड कमरेडले बोलाउनु भयो र उहाँलाई भेट्न पेरिसडाँडा गएको थिए। उहाँसँग अहिलेको अवस्था बारेमा कुराकानी भयो’, नेपालखबरसँग कुरा गर्दै नेता महासेठले भने, ‘प्रधानमन्त्री ओलीले भेट्न बोलाउनु भयो भने पनि जान्छु। यस विषयमा मेरो आधिकारिक धारणा २/३ दिनभित्र सार्वजनिक गर्छु।’

नेता महासेठले अध्यक्ष प्रचण्डसँग करिब ५ मिनेट मात्रै भेटघाट भएको बताए।

यता प्रचण्डको सचिवालय स्रोतले भने महासेठले प्रचण्ड–नेपाल पक्षलाई गर्दै आएको सहयोग र साथ निरन्तर रुपमा रहने बताएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .