नेपाल प्रहरीका आठै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एकसाथ सरुवा गरिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जनपदतर्फ सबै एआईजीको एकसाथ सरुवा गर्ने निर्णय गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट मनोज केसीलाई सरुवा गरिएको छ। त्यहाँ उमाप्रसाद चतुर्बेदीलाई खटाइएको छ।
यस्तै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्की मानवस्रोत विभागमा सरुवा भएका छन्। उपत्यकामा सुशील सिंह राठौरले जिम्मेवारी पाएका छन्।
यसअघि राठौर अपराध अनुसन्धान विभागमा कार्यरत थिए। उनको स्थानमा सीआईबीबाट मनोज केसीलाई ल्याइएको छ।
मानव स्रोत विभागमा कार्यरत राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। प्रतिष्ठानमा कार्यरत सिद्धिविक्रम शाहलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ।
प्रदेश समन्वय विभागमा कार्यरत एआइजी डम्बर विक प्रशासन विभागमा सरुवा भएका छन्।
प्रशासनमा कार्यरत हिमालयकुमार श्रेष्ठलाई कार्य विभागमा ल्याइएको छ।
यसबाहेक प्रहरीमा थप एक जना एआईजीको दरबन्दी छ। प्रहरी अस्पतालमा एआईजी डा. सुन्दरप्रसाद ह्योजु छन्।


Shares

प्रतिक्रिया