राजनीति


खुमलटारमा प्रचण्ड र गौतमबीच छलफल

खुमलटारमा प्रचण्ड र गौतमबीच छलफल

नेपालखबर
पुस ११, २०७७ शनिबार ५:३९,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।

शनिबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र गौतमबीच भेटवार्ता भएको खुमलटार स्रोतले जनाएको छ।

‘अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ’, स्रोतले नेपालखबरसँग भन्यो, ‘के–के विषयमा कुराकानी भयो भन्नेबारे केही खुलाइएको छैन।’

पार्टी विभाजनपछि दुवै समूहमा नलागेका गौतमले केही दिनअघि माधवकुमार नेपालसहितका नेताहरुसँगको भेटमा आफूले केही समय सोचेर मात्रै निर्णय लिने बताएका थिए।

आजको भेटमा पनि गौतमलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरे पनि उपाध्यक्ष गौतमले यसबारे कुनै जवाफ नदिएको स्रोतले बतायो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा फूट आएको छ। उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको बताए पनि पार्टी विभाजमा कुनै पनि पक्षमा खुलेका छैन्।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै समूह चलाइरहेका छन्। प्रचण्ड– नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र संघीयता र गाण्तन्त्रविरुद्ध भएको बताउँदै सडक आन्दोलनसमेत सुरु गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad