सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ।
नयाँ मन्त्री नियुक्तिपछि शुक्रबार राति बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो।
एक मन्त्रीले दिएको जानकारीअनुसार राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको हो।
यसअघि मन्त्रपरिषद्कै सिफारिसमा गत असार १८ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन्।
मन्त्रिपरिषद्को बैठक शुक्रबार राति साढे ९ बजेपछि बसेको थियो। बैठकमा नयाँ मन्त्रीलाई स्वागत गरिएको बताइएको छ।
याे पनि : प्रधानमन्त्रीले थपे नयाँ मन्त्री, पुरानाका मन्त्रालयमा पनि व्यापक हेरफेर (सूची)

प्रतिक्रिया