राजनीति


तत्कालीन पर्यटनमन्त्री अधिकारीले सुरु गरेको याेजना छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

तत्कालीन पर्यटनमन्त्री अधिकारीले सुरु गरेको याेजना छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ९:५७,

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्विनीसँग सम्बन्धित रामग्राम, कपिलबस्तु आदि क्षेत्रको सर्वाङ्गिण विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि लुम्विनी विकास कोषलाई निर्देशन दिए।

शुक्रबार काठमाडौंमा आयोजित लुम्बिनी विकास बोर्डको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले अघि सारेको लुम्विनी गुरुयोजना छिटो सक्न निर्देशन दिएका कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए। त्यस अवसरमा प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित क्षेत्रमा बौद्ध परिपथ निर्माण गर्ने कामको पनि तयारी गर्न लुम्विनी विकास कोषलाई सचेत गराएका थिए।

कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीलाई कोषले लुम्विनी गुरुयोजनाको हालसम्मको कामका विवरण तथा नेपाल भ्रमण वर्ष– २०२० लाई ध्यानमा राखेर आयोजना गर्न लागिएको बुद्ध जयन्ति र बौद्ध सम्मेलनको तयारीका बारे पनि ब्रिफिङ गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवम् कोषका अध्यक्ष योगेशकुमार भट्टराई तथा कोषका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad