काठमाडौं उपत्यकाभित्र केही समयदेखि गुडिरहेको गाडीबाट बिभिन्न सामानहरु चोरी गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन्।
उनीहरुको साथबाट प्रहरीले १६ लाख ८० हजार एक सय ६३ रुपैयाँ बराबरको तीन कार्टुन इलेक्ट्रिक सामान पनि बरामद गरेको छ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको सो सामान जवालाखेल कुसुन्तिमा रहेको शाखा कार्यालयबाट चितवन, हेटौंडा र बुटवल पठाउनको लागी लोड गरी लाने क्रममा शंखमुलबाट उनीहरुले चोरी गरेर फरार भएका थिए। खोजतलासका क्रममा सामान सहित चोरीमा संलग्न ब्यक्तिहरु पक्राउ परेका प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा काठमाडौंको नागार्जुन नपा–४ का ३३ वर्षीय हरिकृष्ण तिवारी, सोही ठाउँका २४ वर्षीय अमित तुलाधर, २१ वर्षीय अब्य तुलाधर र जुम्ला जिल्लाको सिंजा धापा घर भइ काठमाडौं बस्ने वर्ष २५ को हरी शर्मा रहेका छन्।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया